दमक,१ भदौ । हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दमकमा निकालिदै छ । रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ ।दमकमा ५० हजार बढि भक्तजनहरुको सहभागीतामा भव्य उत्सवका साथ रथ यात्रा निकाल्ने तयारी भइरहेको रथयात्रा ब्याबस्थापन समितीले जानकारी दिएको छ ।
आज दिउँसो २ बजे देखी राधाकृष्ण मन्दिरको प्राङ्गणबाट दमक बजार हुदै, चोक, तथा बिभिन्न स्थनमा परिक्रममा गर्ने गरीको रुट तयार गरिएको छ । दमकसहित आज झापाको ९ ठाउँमा श्रीकृष्ण रथयात्रा निकालिदै छ । दमक , भद्रपुर , बिर्तामोड, गौरीगञ्ज , शिवगञ्ज , मेचीनगर , गौरादह , तोपगाछी , शिवसताक्षीको ढुंगेल चोकलगायतका स्थानमा रथयात्रा निकालिने भएको हो ।
रथयात्राकाका लागि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूले बताउनुभयो । रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन उहाँले अनुरोध गर्नु भएको छ । आज हुने रथयात्राको प्रत्यक्ष प्रसारण रेडियो किङ बाट समेत हुनेछन् ।
 
								 
								 
								 
											 
								 
								 
								








