सामाजिक उत्तरदायित्व

अनाथ बालबालिकाकासाथ आईएमई लाइफ इन्स्योरेन्सकाे वार्षिक उत्सव

कम्पनीले सात वर्षको कार्यप्रगति, ग्राहकहरुबीचको विश्वास र आगामी योजनाहरुबारे समिक्षात्मक अन्तरक्रिया पनि गरेको थियो ।

दमक, १ भदौ | व्यवसायसँगै सामाजिक दायित्व  भन्ने सन्देशलाई आत्मसात् गर्दै आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक उत्सव विशेष रुपमा मनाएको छ ।

 

कम्पनीले दमक–९ स्थित दमक अनाथ बाल आश्रम पुगेर ३२ जना बालबालिकासँगै खाना पकाएर सामूहिक भोजन कार्यक्रम सम्पन्न गरेको हो ।

 

आश्रमका बालबालिकासँग घुलमिल हुँदै कर्मचारी तथा प्रतिनिधिहरूले आफैँ खाना पकाएर बालबालिकासँगै बसेर खाएका थिए । कम्पनीका दमक शाखा प्रमुख निङमा शेर्पा तथा अन्य कर्मचारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमले बालबालिकामा आत्मीयता र उत्साह थपेको आश्रम व्यवस्थापकहरूले जनाएका छन् ।

 

कार्यक्रमअन्तर्गत कम्पनीले आफ्नो विगत सात वर्षको कार्यप्रगति, ग्राहकहरुबीचको विश्वास र आगामी योजनाहरुबारे समिक्षात्मक अन्तरक्रिया पनि सञ्चालन गरेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानलाई थप व्यवस्थित र निरन्तर बनाइने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरूले सामुदायिक भावनाले प्रेरित यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही