सामाजिक उत्तरदायित्व

अनाथ बालबालिकाकासाथ आईएमई लाइफ इन्स्योरेन्सकाे वार्षिक उत्सव

कम्पनीले सात वर्षको कार्यप्रगति, ग्राहकहरुबीचको विश्वास र आगामी योजनाहरुबारे समिक्षात्मक अन्तरक्रिया पनि गरेको थियो ।

दमक, १ भदौ | व्यवसायसँगै सामाजिक दायित्व  भन्ने सन्देशलाई आत्मसात् गर्दै आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक उत्सव विशेष रुपमा मनाएको छ ।

 

कम्पनीले दमक–९ स्थित दमक अनाथ बाल आश्रम पुगेर ३२ जना बालबालिकासँगै खाना पकाएर सामूहिक भोजन कार्यक्रम सम्पन्न गरेको हो ।

 

आश्रमका बालबालिकासँग घुलमिल हुँदै कर्मचारी तथा प्रतिनिधिहरूले आफैँ खाना पकाएर बालबालिकासँगै बसेर खाएका थिए । कम्पनीका दमक शाखा प्रमुख निङमा शेर्पा तथा अन्य कर्मचारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमले बालबालिकामा आत्मीयता र उत्साह थपेको आश्रम व्यवस्थापकहरूले जनाएका छन् ।

 

कार्यक्रमअन्तर्गत कम्पनीले आफ्नो विगत सात वर्षको कार्यप्रगति, ग्राहकहरुबीचको विश्वास र आगामी योजनाहरुबारे समिक्षात्मक अन्तरक्रिया पनि सञ्चालन गरेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानलाई थप व्यवस्थित र निरन्तर बनाइने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयहरूले सामुदायिक भावनाले प्रेरित यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले