अनलाइन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन सर्वोच्चको आदेश

काठमाडौं,२ भदौ । सर्वोच्च अदालतले अनलाइन मिडिया र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने स्वदेशी तथा विदेशी प्लेटफर्मलाई अनिवार्य रूपमा नेपाल सरकारको आधिकारिक निकायमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश जारी गरेको छ ।

 

सर्वोच्चले डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेको अवस्थामालाई औंल्याउँदै यस्ता माध्यमलाई जिम्मेवार र जवाफदेही बनाउन कानुनी संरचना अपरिहार्य भएको ठहर गरेको छ । फैसलामा भनिएको छ, ‘स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनपूर्व अनिवार्य रूपमा अधिकार निकायमा दर्ता गर्नुपर्ने र त्यस्ता प्लेटफर्ममा प्रकाशित सामग्रीहरूको मूल्यांकन तथा अनुगमन गर्न मिल्ने व्यवस्था तुरुन्तै गर्नुपर्छ ।’

 

यो आदेशसँगै फेसबुक, टिकटक, युट्युब, एक्स (ट्विटर)जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मदेखि नेपालभित्र सञ्चालित समाचार पोर्टलसम्म कानुनी दायरामा ल्याउने बाटो खुलेको छ । सर्वोच्चले नियमनको अभावमा फैलिने मिथ्या सूचना, अफवाह, दुष्प्रचार र बदनियतपूर्ण सामग्रीहरूले न्यायालय र लोकतान्त्रिक व्यवस्थामै अविश्वास पैदा गर्ने खतरा बढेको उल्लेख गरेको हो ।

 

उक्त फैसलामा अदालतले अदालती पत्रकारितालाई मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन विशेष निर्देशनसमेत दिएको छ । कोसोभो, संयुक्त अधिराज्य, अस्ट्रेलिया र भारतको सर्वोच्च अदालतका मापदण्डको उदाहरण दिँदै नेपालमा पनि स्पष्ट कानुनी मापदण्ड बनाउनुपर्ने आदेश गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि