अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू

दमकको पशुहाट डाँडामा सवारी दुर्घटना, एक महिलाको मृत्यु

गम्भिर घाईते गौतमलाई उपचारकालागी दमक स्थित दमक अस्पताल पुर्याउदा मृत्यू भइसकेको दमक अस्पतालले पुष्टि गरेको छ ।

दमक , ३ भदौ । झापाको दमकमा सवारी दुर्घटना भएको छ । एसियन हाईवे अन्तर्गत दमकको पशुहाट –बसपार्क उत्तरको डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा एक जना महिला गम्भिर घाईते भएको र उपचारकालागी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको जनाइएको छ ।

 

प्रहरीले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकलमा सवार झापा कमल गाउँपालिका ठेगाना खुलेका सुकदेव गौतम र निजकी श्रीमती मुना गौतम सवार प्र ०१ ०१२ प ९३१२ मोटरसाईकल विपरित दिशाबाट आइरहेको प्र १० ०२ ख ०९१२ नम्बरको ट्रका ठोक्कीदा श्रीमती गौतमको अवस्था चिन्ताजनक बनेको थियो ।

 

गम्भिर घाईते गौतमलाई उपचारकालागी दमक स्थित दमक अस्पताल पुर्याउदा मृत्यू भइसकेको दमक अस्पतालले पुष्टि गरेको छ । मृतक गौतमको शवलाई अव पोष्टमार्टम गरि कानुनी प्रकृया पुरा गरिने जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि