मोटरसाइकल चोरी गरी लाँदै गर्दा दुई पक्राउ

दमक, ३ भदौ। मोरङमा मोटरसाइकल चोरी गरी भारततर्फ लाँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गौरीगन्ज गाउँपालिका वडा नं. ५ बस्ने २० वर्षीय रोम प्रकाश यादव र बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय ओमप्रकाश खड्का रहेका छन् । गत साउन ३० गते राति १२ बजे उनीहरुले मोरङ रतुवामाई नगरपालिका वडा नं. ४ आमबारी चोक बस्ने पुष्पमाया खतिवडाको आफ्नो घर कम्पाउण्डमा पार्किङ गरी राखेको ३० प ९६७७ नम्बरको मोटरसाइकल चोरेका थिए ।

 

मोटरसाइकल चोरी गरी भद्रपुरतर्फ ल्याएको भन्ने सूचनाको आधारमा हिजो भद्रपुर नगरपालिका वडा नं. ५ स्थित मेची पुलमा चेकप्वाईन्ट खडा गरी प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त चोरी भएको मोटरसाइकलमा यादव र खड्का सवार भई भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चोरीमा संलग्न यादव र खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि