दमक, ३ भदौ । बिर्तामोड– ६ बुट्टावारीस्थित एक चिया पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गएराति ११ः५५ बजे बिर्तामोड– ६ बुट्टावारीमा सोही ठाउँ बस्ने लालबहादुर तामाङले संचालन गरेको काठ,बाँस र टिनको छानो भएको चिया पसलमा बिद्युतीय चुलोबाट तार सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेको काठ र प्लास्टिकको टेबल,फ्रीज र किचनका अन्य सामान जलेर नष्ट हुँदा करिव २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।










