सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’

‘त्रिकोणात्मक प्रेम र ग्रामीण यथार्थ बोकेको ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

 

दमक, भदौ ३ ।ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ । तीजको अवसर पारेर यो सिनेमा आगामी भदौ १२ ९अगस्ट २८० मा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।

ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा देखिने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई प्रस्तुत गरिएको छ । पात्रहरूको मनोविज्ञान, कथावस्तुको उल्झन र सम्बन्धका आयामलाई प्रभावशाली रूपमा देखाउने प्रयास गरिएको छ, जसले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्ने संकेत गर्दछ ।

ग्रामीण परिवेशमा छायांकन गरिएको यस सिनेमामा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार र सरोज खनाललगायतका कलाकारको अभिनय समावेश छ ।

निर्देशक पौडेलकै लेखन रहेको ‘कोशेढुंगा’लाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् । नरेदवी फिल्म्स र सारंगी फिल्म्सले सहकार्यमा तयार पारेको सिनेमा सेभेन सिज इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुने भएको छ ।

भिडीयो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय