लागूऔषध ब्राउनसुगर सहित झापा र मोरङमा दुईजना पक्राउ

दमक, ४ भदौ । औषधिजन्य लागूऔषधसहित झापाको गौरादहमा दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

गएराति ९.३० बजे गौरादह नगरपालिका वडा न.५ आठ नम्बर बाँधमा प्रहरी चौकी महारानी झोडाबाट खटिएको गस्ती टोलीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको दुईजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह ५ बस्ने २१ वर्षीय समिर सिवा र सोही ठाउँ बस्ने २५ वर्षीय शंकर सन्थाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसतै मोरङको रंगेलीमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् । हिजो साँझ ६ बजे रंगेली वडा नं.५ स्थित चॉदनी चोकमा सडकको छेउमा भारतीय नम्बर प्लेट भएको बीआर ३९इ३२९३ नं.को मोटरसाइकलमा अडेस लागेर बसेका २ जना ब्यक्तिहरुलाई शंका लागेर चेकजॉच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित १२१ ग्राम र प्लाष्टिकबाहेक १११.२७ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ।

लागूऔषधसहित भारतको विहार अररिया जिल्ला थाना सिक्टी मुरारीपुर वार्ड नं.१ बस्ने २९ वर्षीय इम्तियाज अन्सारी र सोही ठाउँ बस्ने ३२ वर्षीय नुर हसनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले