बिर्तामोड | ४ भदौ | बुधबार अपराह्न ४:३० बजे बिर्तामोड नगरपालिका वडा नं ५, सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरिएको ट्रकमा अचानक आगलागी भएको छ।
घटना सूचना इप्रका अनारमनीमा ४:३५ बजे प्राप्त भएपछि प्रहरी टोली तत्काल पुगेको थियो।
प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा मटरको पानी प्रयोग गरी आगो ५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्रकको कागजपत्रसहित चालक र सहचालक बस्ने क्याबिन र ईन्जिनको भागमा आंशिक रूपमा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार आगोबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
घटनास्थलमा ट्रक तत्काल रोकिएको छ र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।










