दमकको सुर्य दर्शनले मनायो तीज, उप प्रमुख भट्टराईले भन्नु भयो यो हाम्रो स्वतन्त्रता हो

दमक, ५ भदौ । झापाको दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले भव्यताकासाथ तीज कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार आफ्‌नै सभाहलमा सम्पन्न गरेको कार्यक्रममा सहकारीका महिला सदस्यहरुले दिल खोलेर नाँच्नु भएको थियो भने आपसामा सुभकामना समेत आदान प्र्रदान गरिएको थियो । यही क्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले समेत सहकारीको तीज कार्यक्रममा छमछमी नाच्नु भएको थियो ।

नाच्ने कार्यक्रम सुरुहुनु अघी आयोजीत औपचारीक कार्यक्रममा बोल्दै उप प्रमुख रेगिना भट्टराई प्रसाईले भन्नु भयो सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले नेपालका सबै पर्वहरुलाई उत्तीकै महत्वका साथ मनाइरहेको र तीजलाई प्राथमीकता दिइएको प्रति आभार व्यक्त गर्नु भयो । सस्थाले सबै पर्वहरुमा विभिन्न समुह र सदस्यहरुलाई एकजुट गराउने काम गरिरहेको छ त्यहि अनुसार आफुहरुले पनि सस्थामा बचत गरेर भोलीको भविष्य सुनिश्चित बनाउन सक्नु पर्छ । उप प्रमुखले भन्नु भयो बचत गर्ने बानीले हामी सबैमा समृद्धि ल्याउने छ ।

सस्थाले जेष्ठ नागरिक सम्मान, आमा तथा बुबाको मुख हेर्ने जस्ता लोकप्रीय कार्यक्रम गर्दै आएको छ । यही क्रममा चेली र माईतीको सम्बन्धलाई अझ प्रगाढ बनाउन र सस्था चाहि माईती बनेर सदस्य चेलीहरुलाई तीजमा रमाईलो गराएको सस्थाकी सदस्य तथा तीज मिलन कार्यक्रमकी संयोजक रेनु मीश्रले जानकारी दिनुभयो ।

तीजमा रमाईलो गर्न आउनु भएका महिला दिदि बहिनीहरुलाई मिस्ठान्न दर समेत खुवाएर विदाई गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा