सृजनशिल कार्यक्रम

बाणिज्य संघले मनायो ‘सीपसँग तीज’ कार्यक्रम

तीजलाई भडकिलो नबनाएर सामाजिक संस्कारको रुपमा लिनु पर्ने

मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ ।

 

संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको थियो ।

 

‘सीपसँग तीज’ कार्यक्रममा सहभागी महिलाहरुले बुक्के बनाउने तालिम सिकेका थिए । अहिले हरेक विवाह, मेहन्दी, सेमिनार, गोष्ठी, विशिष्ठ व्यक्तिहरुको भेटघाट लगायतका कार्यक्रममा फुलको आकर्षक बुक्के उपहारका रुपमा दिने चलन रहेको छ । यसको मूल्य पनि महंगै पर्छ ।

 

बुक्के तालिमसँगै महिलाहरुले तीज मनाएका थिए । तालिममा सहभागीहरुलाई निलु थापा र रेजु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
‘सीपसँग तीज’ कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले महिलाहरुको महान पर्व हरितालिका तीजलाई भडकिलो नबनाएर सामाजिक संस्कारको रुपमा लिनु पर्ने बताइन् । उनका अनुसार तीजलाई माइती र चेलीको उत्सवको रुपमा मनाउनु पर्छ ।

 

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पालता उप्रेती, नेपाली सेनाको चारआलीको २१ नं.गुल्मकी उपसेनानी डा.आस्मा ढंगोल, रोटरी क्लब अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठक लगायतले तीजले महिलाहरुलाई समाजमा एकता भएर अघि बढ्ने परम्पराको रुपमा लिन जोड दिएका थिए ।

 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले अध्यक्षतासहित मेचीनगरमा महिलाहरुले बनाएका बुक्के लगायतका उत्पादन गरेका सामग्रीहरु बेच्न र पर्यटकहरुलाई देखाउन कोशेली घर आवश्यक रहेको बताएका थिए ।
‘सीपसँग तीज’ कार्यक्रमको स्वागत मेची उद्योग बाणिज्य संघकी उपाध्यक्ष चौहानले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही