मोती जयन्ती बिशेष

पुस्तक विमोचन र रचना वाचन

साहित्य कला सङ्गमले १६०ओैं मोती जयन्ती अवसर पारेर साहित्यकार शान्त प्रसाद भट्टराईका दुई कृतिको बिमोचन र नियमित रचना वाचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।

दमक, भदौ ७ । साहित्य कला सङ्गमले १६०ओैं मोती जयन्तीको अवसर पारेर साहित्यकार शान्त प्रसाद भट्टराईका दुई कृतिको विमोचन र नियमित रचना वाचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।

साहित्यकार भट्टराईका दुई कृतिहरु  त्रिरत्न ज्ञान मञ्च धार्मिक सङ्ग्रह र दृष्टि एक सिर्जना अनेक कविता सङ्ग्रहको बिमोचन प्रमुख अतिथि प्राध्यापक डा. कमलप्रसाद वस्ती,बरिष्ठ साहित्यकार तथा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रल,दमक प्रज्ञा परिषदका पुर्व अध्यक्ष हेमनाथ अधिकारी ,साहित्यकला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सङ्गमका वर्तमान अध्यक्ष विष्णु न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचन भएका कृति त्रिरत्न ज्ञान मञ्चको साहित्यकार हेमनाथ अधिकारीले र दृष्टि एक सिर्जना अनेक कृतिको साहित्यकार गोपालप्रसाद दहालले समीक्षात्मक टिप्पणी गर्नुभयो । यसका साथै साहित्य कला सङ्गम दमकले सञ्चालन गर्दै आएको सिर्जनशील रचना वाचन कार्यक्रमको चौवन्नौ सृङ्खला पनि सोही कार्यक्रममा सम्पन्न भएको छ ।

दमक –५ स्थित दिपिनी आधारभुत विद्यालयको सभाहलमा भएको कार्यक्रममा दुई दर्जन भन्दा बढी  साहित्यकारहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमासाहित्य कला सङ्ग,दमकका उपाध्यक्ष यादवप्रसाद अधिकारी ,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु आचार्य प्रभा, केशव आचार्य, इन्द्रप्रसाद धिमिरे ,अम्बिका प्रसाद सापकोटा , बिरेन्द्र खडका, मेघनाथ बन्धु, बिवेक दुलाल क्षेत्री, गोपाल दहाल, जीवनहरि शर्मा, किशोर खनाल, डिल्लीराम निरौला,टंक पाठक, यादवप्रसाद नेपाल ,शारदा निरौला ,दिलिप राई सगर ,हिमाल सुब्बा गुराश, रेनुका पोख्रल,खड्ग बहादुर खड्का, उर्मिला ओली, पुण्य प्रसाद ढकाल रहनु भएको छ ।

साहित्यकला सङ्गमका सल्लाहकार समेत रहेका शैक्षिक व्यक्तित्व प्राध्यापक डा. कमल प्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे ,प्रतिभा निकेतनका पुर्व अध्यक्ष खेमलाल पोख्रेल,बर्तमान अध्यक्ष कमलप्रसाद भट्टराई, साहित्यकारहरु जीवनहरि शर्मा, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरेको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

साहित्यकला सङ्गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले