माइती नेपालको प्रगति

माइती नेपाल काँकरभिट्टा : हराएका ६९ जनामध्ये २० भेटिए

हराएका अधिकांश चेलीबेटीहरु सम्बन्ध विगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विहे गरेर बसेका लगायत

मेचीनगर, ८ भदौ । माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ ।

 

हाम्रो समाज चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उदेश्यका साथ आइतबार माइती नेपालले सामाजिक परीक्षण र सरोकारवालासँगको छलफलमा २०८१÷०८२ को उक्त तथ्याङ्कमा सार्वजनिक गरेको हो ।

 

माइती नेपालका पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय अधिकृत गोविन्द घिमिरेले मुलुकका विभिन्न जिल्लाबाट हराएर निवेदन परेका ६९ जना मध्ये २० जना भेटिएको जानकारी दिए ।

 

भेटिएका २० जना मध्ये २ जना नेपाल र बाँकी १८ जना भारतका विभिन्न शहरहरुबाट फेला परेका हुन् ।
हराएका अधिकांश चेलीबेटीहरु सम्बन्ध विगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विहे गरेर बसेका लगायत कारणले वेपत्ता भएको घिमिरेले बताए ।

 

 

हराएका केहिले धेरै समयपछि घरमा सम्पर्कमा आएर अभिभावकहरुले कार्यालयलाई जानकारी गराउने, कसैलाई हाम्रै माध्यमबाट अभिभावकलाई सम्पर्क गरिदिने गरिएको उनको भनाई छ ।

 

यस्तै कार्यालयले सीमा नाकामा १५८ जनालाई भारत जानबाट रोकेको छ । भारतबाट ४ जनालाई उद्धार पनि गरिएको छ ।
घिमिरेका अनुसार विगतमा भन्दा काँकरभिट्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीहरुको निगरानी कडाइ रहेको छ । त्यस्तै चेलीबेटी बेचविखन सम्बन्धी काम गर्ने धेरै संघ–संस्थाहरुको सहकार्यले पनि प्रहरी र हामीलाई सहज भएको छ ।

 

पछिल्लो समय चेलीबेटी बेचविखनमा सक्रिय दलालहरुले यो नाकामा कडाइ भएपछि झापाको अन्य साहयक बाटाहरु प्रयोग गर्न थालेका छन् । मानव तस्करीका दलालले झापाका दक्षिणका भेगहरु गौरीगंज, कचनकवल लगायतका ग्रामिण सडक प्रयोग गर्न थालेको बुझिएको छ ।

 

कार्यालयले २ वटा बलात्कारका घटना दर्ता र घरेलु हिंसाका ७ वटा घटना रहेको छ ।
२०८०÷०८१ मा ६२ जना हराएकोमा १६ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । १६८ जनालाई सीमामा रोकेको थियो । घरेलु हिंसाका १४ वटा उजुरी परेका थिए । बलात्कार सम्बन्धी २ वटा घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

 

माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई पनि कर्मचारी खटाएर परामर्श दिने गरेको छ ।

 

सुरक्षित आप्रवासन सम्बन्धी २०८१÷०८२ मा पाँच हजार १४० जना र ०८०÷०८१ मा सात हजार ६७४ जनालाई परामर्श दिएको तथ्याङ्कमा उल्लेख छ ।

 

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी रामचन्द्र थापाले सीमा नाकमा चेलीबेटीविखन रोक्न, अन्य अपराधिक गतिविधि र अवैध भन्सार छलीका समानको निगरानी, पक्राउ र बरामद मुख्य प्राथमिकता रहेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले