दमकमा युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट सञ्चालनमा

दमक,९ भदौ । दमकको आस्था कलेज अफ म्यानेजमेन्टले स्नातक तहमा प्राविधिक तथा सीपमूलक शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट सञ्चालनमा ल्याउने भएको छ।

आस्था कलेजकले, नमुना कलेज इटहरी र अर्किड इन्टरनेशनल कलेज काठमाडौंको संयुक्त सहकार्यमा सञ्चालन गर्न लागिएको कलेजबारे जानकारी आज दमकमा पत्रकार सम्मेलनमार्फत दिइएको हो। कलेजमा बिआईटी र बिएचएम् कार्यक्रम यसै शेक्षिक सत्रदेखि सञ्चालन हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कार्यक्रम चार वर्षे आठ सेमेस्टरमा सञ्चालन हुनेछ। निर्धारित पाठ्यक्रमसँगै एक दर्जनभन्दा बढी नन–क्रेडिट कोर्स समेत सञ्चालन हुने बताइएको छ। कलेजले यस खाले कार्यक्रमले विद्यार्थीलाई “पढ्दै कमाउँदै” वातावरण सिर्जना गर्ने विश्वास लिएको छ।

दमकमा यस्तो स्तरको प्राविधिक कक्षा सञ्चालनमा आउनुले राजधानी वा अन्य सहर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। काठमाडौंका प्राविधिक शिक्षासँग सहकार्यमा सञ्चालन हुने भएकाले राजधानीकै स्तरको शिक्षा स्थानीयमै उपलब्ध हुनेमा कलेजले विश्वास व्यक्त गरेको छ।
आस्था कलेज अफ म्यानेजमेण्टका कार्यकारी निर्देशक टेकनाथ भण्डारीले आगामी पुस्तालाई गुणस्तरीय प्राविधिक शिक्षा दिनु कलेजको मुख्य लक्ष्य रहेको बताए। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। सुरक्षित र अनुकूल वातावरणमा अध्ययन गर्ने व्यवस्था गरिएको उनले उल्लेख गरे।

यस्तै इटहरी नमुना कलेजका सहायक प्राचार्य मुक्तिराज सुवेदीले तीन कलेजबीचको सहकार्यलाई महत्वपूर्ण कदम भएको बताए। उनले यसले प्रदेशस्तरमै उच्चस्तरीय प्राविधिक शिक्षा ल्याउन टेवा पुग्ने उल्लेख गरे। यस्तो सहकार्यले विद्यार्थीहरूलाई बाहिर जानुपर्ने आवश्यकता घटाउने उनले जोड दिए।

बिआईटी र बिएचएम कार्यक्रमका लागि त्रिभुवन बिश्वबिद्यालयले ऋःब्त् फाराम भर्न सूचना प्रकाशित गरिसकेको र सोको परिक्षा भाद्र २१ गतेका लागि तोकेको छ । यसका लागि आस्था अलेजले निशुल्क रुपमा तयारीका कक्षा समेत सञ्चालन गरिरहेको पत्रकार सम्मेलनमा बताईको छ ।
आस्था कलेज अफ म्यानेजमेन्टले स्थापना भएको २ दशकदेखि शैक्षिक स्थापना भई कोशी प्रदेशमा उत्कृष्ट शैक्षिक नतिजा ल्याउन सफल भएको छ। कलेजले नयाँ स्नातक कक्षा यहीँ भदौदेखि सुरु गर्ने तयारी गरेको छ र इच्छुक विद्यार्थीलाई शीघ्र आवेदन दिन आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले