दमक,९ भदौ । शेयर बजार सोमबार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार २१ दशमलव ३० अङ्कले बढेर २ हजार ७ सय ६१ दशमलव २६ विन्दुमा पुगेको छ ।
सोमबार उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको २ दशमलव ७९ र माइक्रोफाइनान्सको १ दशमलव ५० प्रतिशतले उकालो लागेको छ ।
सोमबार नारायणी विकास बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन राष्ट्रिय वाणिज्य बैंकको म्युचल फन्ड–१ को शेयर सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले घटेको छ ।
सोमबार नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ३ सय १७ वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।










