बजार व्यवस्थापनम कडाई

दमक बजारमा फुटपाथमा पसल गर्नेलाई नियन्त्रण गरिदै

सवारीसाधन प्रवेश, फुटपाथ अतिक्रमण र अव्यवस्थित व्यापार अन्त्य गर्न नगरपालिकाको कडाइ

दमक, ९ भदौ | दमक बजारमा पछिल्ला दिनमा फुटपाथ अतिक्रमण, सडक पेटीमै पसल सञ्चालन र सब्जी मन्डी भित्रै सवारीसाधन प्रवेशका कारण उत्पन्न भएको अस्तव्यस्त अवस्था अन्त्य गर्न दमक नगरपालिकाले कडाइका नियम सार्वजनिक गरेको छ।

 

नगरपालिकाले सोमबार जारी गरेको सूचनामा नयाँ सब्जी मन्डी क्षेत्र भित्र अब फुटपाथ पसल राख्न नपाइने, सडक पेटीमा लोड–अनलोड नगरी भित्रै तोकिएको स्थानमै गर्नुपर्ने र मन्डी भित्र सवारी साधनको अनावश्यक प्रवेश रोक्ने व्यवस्था गरिएको छ।

साथै, माइकिङ, धुम्ती व्यवसाय, अव्यवस्थित फोहोर व्यवस्थापन र तोकिएको समयबाहेक कारोबार गर्ने कार्यमा पनि कारबाही गरिने चेतावनी दिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही