दमक,१२ भदौ । इलामको देउमाईमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
गएराति ११ बजे देउमाई नगरपालिका १ मैदाने बस्ने अमरबहादुर श्रेष्ठको टिनको बेरा, टिनको छानो भएको एक तले भान्सा घरमा अचानक आगलागीबाट भान्सा घर र घरमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
भान्सा घरमा भएको खाद्यान्न, खाना पकाउने भाँडाकुडा, ग्यास सिलिण्डर, ग्यास चुल्हो जलेर नष्ट भएको पाइएको छ । क्षतिको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।










