दमक,१२ भदौ । सरकारले लक्ष्य लिए भन्दा बढि मात्रामा सडक निर्माणको काम भइरहेको भौतीक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ ।
लक्ष्य वर्षको ९ सय ३० किलमिटर सडक बनाउने थियो तर परिणाम वर्षको १ हजार २ सय ३४ किलोमिटर सडक निर्माण गर्न सफल भएको उहाँले सुनाउनु भयो । मन्त्रालयले प्रप्त गरेको कुल पुजीको ७६.४१ प्रतिशत खर्च गरेर यस खालको परिणाम प्राप्त गरेको भन्दै नेपाल सडक निर्माणको यूगमा प्रवेश गरेको बताउनु भयो ।
बिहिबार झापाको दमकमा सडक बिभाग अन्तर्गतको आयोजना निर्देशनालय (ए.डी.बीं), काँकरभिट्टा लोकही सडक योजना (पूर्वि खण्ड)को नव निर्मित भवनको उद्धघाटन गर्दै मन्त्री दाहालले भन्नु भयो अवको ८ वर्ष पछि नेपाल चारै तर्फबाट सडक सञ्जालले जोडीसक्ने र सडकको नयाँ यूगमा प्रवेश गर्ने उल्लेख गर्नु भएको हो । उहाँले भन्नु भयो ‘ ८ वर्ष पछि नेपालमा पूर्व पश्चिमका राजमार्गहरु एकदमै आधुनीक स्तरको बनी सक्ने छन् भने उत्तर दक्षिण तर्फका ११ वटा राजमार्ग र करिडोर पनि बन्ने छन् । त्यसबेला नेपाल सडक सञ्जालको हिसावले एकदमै सुन्दर र उच्च स्तरीय व्यवस्थित हुने छ । ’
सो अवसरमा बोल्दै मन्त्री दाहालले यस क्षेत्रको प्रमुख सडक दमक रवि चिसापानी सडक ठेकेदारले काम नगरेका कारण ठेक्का रद्ध गर्नु परेको र अव सबै प्रकृया पुर्याइसकेकोले नयाँ ठेक्का भदौ महिनाको अन्तिम सम्मा लागी सक्ने र काम सुरु हुने पनि जानकारी दिनुएको छ ।
यसपछि पे्रस चौतारी झापाले आयोजना गरेको कार्यक्रमा पत्रकारहरुले अहिले बनिरहेको एसियन आइवे तथा एम्बोईस नम्बर प्लेट लगायतका बारेमा प्रश्न गरेका थीए । पत्रकार सम्मेलनमा उज्यालो खवरले एम्वोइस नम्बर प्लेटका बारेमा जिज्ञासा राखेपछि मन्त्री दाहालले भन्नु भयो यो नेपाललाई डिजिटल यूगमा लैजाने एक ऐतिहासीक कदम हो । कसको सवारी कहाँ छ र कतीमा कसरी कुदीरहेको छ ? भन्ने कुराको प्रत्यक्ष निरिक्षण र निगरानीकालागी पनि यो काम गर्न लागीएको हो । यसमा धेरै विरोध गरिनु उपयूक्त छैन ।
साथै उहाँले आगामी मंसिर मसान्त सम्ममा २५ लाख सवारी साधनमा एम्बोइस नम्बर प्रयोग नगरे पनि ठेकेदार कम्पनीलाई ९५ प्रतिशत रकम तीर्नै पर्ने बाध्यता पनि रहेकोले अहिले असोज १ गते देखी अनिवार्य रुपमा लागु गराउन खोजीएको तर्क राख्नु भयो । जनताले एम्बोइस नम्बर प्रयोग गरेपनि नगरेपनि सम्झौता बराबरको रकम तीर्नै पर्ने बाध्यता भएका कारण यो नियम लागु गराउन खोजीएको उहाँले स्पष्ट पार्नु भयो ।
यस्तै पत्रकारहरुले एसियन हाईवेमा बनिरहेका डाईभर्सनको मापदण्डका बारेका प्रश्न गरेका थीए । प्रश्नकहरुको जवाफ दिने क्रममा सडक बिभागका महानिर्देशक डा. बिजय जैशुले यहाँ बनीरहेका ओभरपासहरु सुरक्षीत हुने र सडकलाई थप खुल्ला बनाउने खालको हुने छ । जसले गर्दा बजारको स्वरुप बिग्रने भन्दा अझ आकर्षक र सुन्दर देखिने भएकोले नडराउन अनुरोध गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा सडकको डाईभर्सनबारेमा सोधीएको प्रश्नको जवाफ दिदै सडक बिभागका आयोजना निर्देशक चुडाराज ढकालले भन्नु भयो सडक बनाउँदा केहि धुलो र हिलो हुनु स्वभाविक हो । तर ठेक्का लगाउँदा सुरुमै केहि गल्ती चाहि भएको रहेछ त्यो अहिले हामीले महसुस गरिरहेका छौ ।
यस क्षेत्रमा बनिरहेको ओभर पासको स्थानीय व्यवसायी तथा नागरिक तहबाट विरोध पनि हुन थालेको छ । यसले बजार क्षेत्रमा सुनसान बनाउन सक्ने र सोझै बजार क्षेत्र छोडेर वार पार गर्ने गरिको ओभर पास निर्माण गरिने हो कि भन्ने दुविधा बढिरहेको छ । नागरिकको यस्तो दुविधालाई अन्त्य गर्र्दै त्यसतो नहुने र कस्तो बन्ने भन्नेबारेको थ्री डि नक्सा नै बनाएर केहि दिनमा सार्वजनीक गर्ने आयोजना निर्देशकले प्रतिवद्धता जनाउनु भएको छ ।










