अर्थतन्त्र बलियो पार्न सहकारी बलियो बनाउन जरुरी : भौतिक मन्त्री दाहाल

दमक,१२ भदौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भएको छ ।

 

झापाको दमक स्थित मेची बहु उदेश्यिय सहकारी सस्थाको ३१ औ साधारणसभालाई सम्बोधनका क्रममा उहाँले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने बताउनु भयो । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्त्वपूर्ण खम्बा रहेको स्मरण गराउनु भयो । अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दहालले बताउनु भयो ।

 

पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगियेकाहरु लाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उहाँको भनाइ थियो ।

 

१७ ह्जार भन्दा बढी सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर मात्र तिरेको सस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताउनु भयो । ३ जिल्ला कार्य क्षेत्र रहेको सस्थाको ४ अर्ब ५३ करोडको वासलात रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले