पथरीशनिश्चरे,१२भदौ। मोरङ्गको पथरीशनिश्चरेमा एन्फा. एएफसी .“सी.“लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष बिहिबार देखी सुरु भएको छ । मोरङ्ग जिल्ला फुटबल सघ विराटनगरको आयोजना र पथरीशनिश्चरे नगरपालिकाको प्रायोजनमा हुन गईरहेको एन्फा ए.ए.“सी.“ लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष एन्फा डाईरेक्टर हरि खड्काले प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।
पथरीशनिश्चरे स्थित प्रश्तावित रंगशालामा हुने “सी.“लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष लिनका लागि विभिन्न जिल्लाका २४ जनाको सहभागिता रहेको मोरङ्ग जिल्ला फुटबल स“ंघका अध्यक्ष संजिव बुढाथोकीले जानकारी दिनुभयो । झापा,मोरङ्ग, सुन्सरी, सिराहा, उदयपुर, पाँचथर, कैलाली र शसस्त्र प्रहरी वलका सहभागि हरुलाई २ चरणमा १२ दिन सम्म दिईने प्रशिक्षण शान्त, मर्यादित, प्रभावकारी हने भएकाले प्रशिक्षक र सहभागि दुवैको उत्तिकै भूमिका रहने प्रशिक्षक हरि खड्काले बताउनु भयो ।
मोरङ्ग जिल्ला फुटबल संघ विराटनगरका अध्यक्ष संजिव बुढाथोकीको अध्यक्षता पथरीशनिश्चरे नगरपालिकाकी उप मेयर देवी माया काफलेको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य दिपेन्द्र धिमाल, मोरङ्ग जिल्ला फुटबल संघ विराटनगरका पधाधिकारी हरुको उपस्थिती रहेको थियो ।










