अनिश्चत कालका लागि निजी विद्यालय बन्द गर्ने घोषणा

विराटनगर ,१२ भदौ । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भनेर सरकारलाई चेतावनी दिएका छन् ।

 

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबार सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भदौ १८ गते सम्म सरकारले आफ्ना मागहरु सुनवाई गरेन भने अनिश्चतकालको लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

 

 

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण बिहीबारबाट सकिएको छ । यस्तै भदौ १३ गतेदेखी १८ गते सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ । निजी विद्यालयले क्रमस् गैरनाफामूलक र पूर्ण छात्रवृत्तिविधेयकबाट हटाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा