दमक,१३ भदौ । शौचालय जाँदा लडेर ताप्लेजुङका असई इन्द्रबहादुर भुजेलको मृत्यु भएको छ ।
शुक्रबार बिहान ८ः१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) इन्द्रबहादुर भुजेल डिउटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडनु भएको थियो ।
उहाँलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारका क्रममा ९ः५५ बजे मृत्युु भएको प्रहरीले जनाएको छ । उहाँ झापा धुलावारी निवासी हुनुन्छ ।
उहाँकी श्रीमती पनि असई रहनु भएको छ । उहाँकी श्रीमती प्रहरी सहायक निरीक्षक बिनिता शेर्पा इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत रहनु भएको छ ।










