लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको उद्घाटन

लेटाङ, १३ भदौ । १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित लेटाङमा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्तरूपमा पुस्तकालयको उद्घाटन गर्नुभयो।

उद्घाटनपछि मुख्यमन्त्री कार्कीले पुस्तकालयलाई ज्ञान, चेतना र सामाजिक रुपान्तरणको आधारस्तम्भको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “यस पुस्तकालयले लेटाङ र आसपासका क्षेत्रमा शैक्षिक गतिविधिलाई थप सबल बनाउने छ। युवा पुस्ताले अध्ययन र अनुसन्धानमार्फत भविष्यलाई समृद्ध बनाउन यसलाई आधार बनाउन सक्नेछन्।”

जापानका राजदूत माईडा टोरुले स्थानीयस्तरमै समुदायलाई शैक्षिक स्रोत उपलब्ध गराउने पहल सराहनीय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुस्तकालयले केवल किताब मात्र होइन, संस्कार र मूल्य पनि बाँड्छ। यसलाई सबल बनाउन सबैको सहयोग जरुरी हुन्छ।”

नगर प्रमुख लावतीले नगरपालिकाले शैक्षिक तथा सांस्कृतिक अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पुस्तकालयलाई समुदायमै टरको साझा थलोका रूपमा अघि बढाइने जानकारी दिनुभयो।

शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा अध्ययन कक्ष, बाल पुस्तकालय, डिजिटल पुस्तक सेवा, ई–लाइब्रेरी, तथा स्थानीय इतिहास, संस्कृतिसम्बन्धी सामग्री राखिएको छ। विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता र आमपाठकलाई लक्षित गरी पुस्तकालयलाई आधुनिक प्रविधिमैत्री बनाउन पहल गरिएको आयोजकले जनाएको छ।

स्थानीयले पुस्तकालय स्थापनाले नयाँ पुस्तामा पढ्ने संस्कारलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, सरोकारवाला संस्था र समाजसेवीको उल्लेख्य उपस्थिति थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा