दमक,१५ भदौ । दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै यस्तो बताएको हो।
राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, वीरगञ्ज,जनकपुर ,पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने जनाएको छ । त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो भने मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा रहेको कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने उल्लेख छ । यस वर्ष दशैँको मुख्य दिन विजयादशमी असोज १६ गते परेको छ ।










