सरकारद्धारा अब बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छापिने व्यवस्था

काठमाडौं,१५ भदौ । सरकारले अबदेखि बैंक नोट बाहेकका सबै किसिमका सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटदेखि लिएर लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, स्मार्ट कार्ड र पासपोर्टसम्मका सबै कागजपत्र आगामी दिनमा नेपालकै सुरक्षा मुद्रण केन्द्रमार्फत छापिने जानकारी दिनु भएको छ । आइतबार आयोजित अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै मन्त्री गुरुङले अघिसम्म विदेशमा छापिँदै आएको हुलाक टिकटसमेत अबदेखि नेपालमै उत्पादन हुने बताउनु भएको छ ।

मन्त्री गुरुङका अनुसार हाल कर्मचारी अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनक शिक्षा सामग्री केन्द्रमार्फत छाप्न दिइएको छ । तर, १ साताभित्र आवश्यक कर्मचारी व्यवस्थापन भइसकेपछि यी सबै सामग्री सुरक्षण मुद्रण केन्द्रमै छापिने तयारी रहेको उहाँले स्पष्ट र्पानु भएको छ ।

उहाँले बैंक नोट छाप्न भने छुट्टै अत्याधुनिक मेसिन आवश्यक पर्ने भएकाले त्यसका लागि अझै विदेशमै निर्भर रहनुपर्ने बताउनु भयो । साथै, पासपोर्टसहितका महत्त्वपूर्ण कागजपत्र छाप्न मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित निकायहरुले समयमै सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ ।

‘परराष्ट्र मन्त्रालयले ६४ लाख पासपोर्ट छाप्नुपर्ने भनेको छ । यस्तो माग कम्तीमा ६ महिना अगाडि नै जानकारी गराउनुपर्छ । सुरक्षण मुद्रण ऐनअनुसार मन्त्रालय, विभाग तथा सरकारी निकायहरुले अनिवार्य रूपमा मन्त्रालयलाई जानकारी दिएर मात्रै कागजपत्र छाप्नुपर्ने व्यवस्था छ, मन्त्री गुरुङले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले