झापाको कन्काई र बिर्तामोडमा दुर्घटना हुँदा तीनजना घाइते

दमक, १७ भदौ । झापाको कन्काई र बिर्तामोडमा भएका मोटरसाइकल दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

गएराति ८ बजे कन्काई नगरपालिका वडा न.८ त्रिवेणी टोलस्थित भित्री सडकखण्डमा बिरिङ पुलबाट त्रिवेणी टोलतर्फ जाँदै गरेको को २० प ५१६१ नं. को मोटरसाइकलले सोही ठाउँ बस्ने अनोज रसाईलीका छोरा ६ वर्षीय जीवन रसाईलीलाई ठक्कर दिएको हो । आफ्नै घरअगाडी खेल्ने क्रममा ठक्कर दिँदा बालकको टाउको, अनुहार र ढाडमा चोट लागेको छ । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुवास ढुंगानाको कमाण्डमा टोली खटिएर मोटरसाइकल र मोटरसाइकल चालक इलाम नगरपालिका वडा न.४ बस्ने ३८ वर्षीय कृष्णकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको जनाएको छ ।

 

त्यस्तै गएराति ९ः३५ बजे बिर्तामोड नगरपालिका –२ चारपाने चौकस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे.८ प २७७१ न.को मोटरसाइकलले तत्काल नाम, थर र वतन नखुलेको पैदलयात्री २२ वर्षको जस्तो देखिने पुरुषलाई ठक्कर दिएको हो । दुर्घटनामा पैदलयात्रीको दाहिने खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको छ ।

 

मोटरसाइकल चालक अर्जुनधारा वडा न.५ बस्ने ३४ वर्षीय जीवन बुढाथोकी पनि घाइते भएका छन् । उनको टाउको ,अनुहार र आँखाको डिलमा चोट लागेको छ भने दुवै खुट्टाको घुँडा पिल्सिएको छ । दुवै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले