काठमाडौँ,१७ भदौ । गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ । गएराति काठमाडौँबाट गोरखाको माछीखोलातर्फ जाँदै गरेको प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्री बस मंगलबार बिहान पाँच बजेतिर भिमसेनथापा गाउँपालिका– ३ टारीफाँट गँगटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ।
गोरखा–आरुघाट सडकखण्डमा बस पल्टिँदा घाइते भएका २१ जनालाई उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट लगिएको प्रहरीले जनाएको छ। त्यसमध्येका गम्भीर अवस्थाका दुईजना घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले बताएको छ। घाइतेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा उद्धार गरेका छन्।










