दमक २ जग्गा विवाद

हुँदै नभएको बाटोमा घरबाटो सिफारिस नपाएपछि आक्रोस , फिल्ड रिपोर्ट

सहमति ,सहकार्य र सदभावको विकास गर्न आवश्यक देखिएको छ ।

दमक, १९ भदौ । पाखुरामा दम छ । केहि टोली दादाहरु तपाईको साथमा छ भने दमकमा नहुने काम पनि हुन सक्छ । अरुको सम्पत्ती पनि आफ्नो बनाउन सकिने रहेछ भन्ने तथ्यहरु खोलीदै गएका छन् । अझ यस्ता धन्दा चलाउन राजनैतिक पहुँच र नेतृत्वलाई प्रभावीत र विस्वासमा पार्न सकियो भने त गज्जवै धन्दा चलाउन पनि दमकमा सकिन्छ भन्ने उदाहरण केहि समय अघीको बालुवाटार काण्डले पनि प्रष्ट पारिसकेकोनै छ । आज हामी यो रिपोर्टमा अर्को यस्तै घटनाको बारेमा विस्तृत जानकारी गराउँदै छौ ।

 

 

सबै भन्दा पहिला दमक नगरपापिलकाको दलानमा बुधबार एकजना महिला रोहि कराई गरेको भिडियो भाईरल बन्यो । यत्र तत्र सामाजीक सञ्जालमा आयो । त्यहाँ बोलीएका एक पक्षीय अभिव्यक्तिले एक पक्षीय मतनै सिर्जना गर्यो । खासमा बुधबार ती महिलाले के का लागी रोहि कराई गरेर डको छेडेर रुनु परेको थियो यो हेरौ ।

 

उहाँले भिडियोमा भनेजस्तै गरि दमक २ मा उहाँको जग्गा छ । सो जग्गामा घारबाटो सिफारीस चाइयो । जग्गामा बाटो भएको प्रमाणीत वार्ड कार्यालयले गरिदिन पर्यो । उहाँको खास माग यहीनै हो । तर किन वार्ड कार्यालयले उहाँको जग्गामा घरबाटो सिफारीस गरेन भन्ने कुरा बुझ्ने हेक्का कसैले राखेको पाइएन ।

 

त्यसपछि उज्यालो खवरको टिम ती महिलाले साँच्चै पाउनु पार्ने अधिकार पनि नपाएकै हो त भनेर उहाँले भनेको जग्गामा गएर स्थलगत अध्ययन गर्यो । उहाँको जग्गा बस्तिको बिचमा रहेछ । वर पारका बाटाहरु उहाँकै जमिनमा आएर टुङ्गीएका रहेछन् । अनी हामीले केहि स्थानीयबासीलाई पनि सोध्यौ । यहाँ सम्म मात्रै बाटो ल्याएर किन टुङ्गइएको अझ अगाडी सम्म लगेको भए अहिले यहाँ यो तहको विवाद नआउने थियो नी भन्दा झण्डै हामी माथीनै खनिनु भयो । उहाँहरुले यस ठाउँको जग्गाको प्रष्ठभूमि बताउँदै भन्नु भयो हाम्रा जग्गा हडपेर निकालीएको यो जमिनमा हामी बाटो लैजान दिदैनौ । कुन वार्डले कसरी सिफारिस गर्दोे रहेछ हामी पनि हेछौ । ’ उहाहाँहरुको आक्रोसले यहाँको जमिनबारेमा अझ कौतहलता बढायो ।

 

 

कमल गाउँपालिकाका शर्मिला राई, गिरेन्द्र मगर र दर्पण मगरको जग्गा छ । उनीहरुले यहाँका स्थानीयको जग्गा समेत दादागिरी शैलीमा हडपेका रहेछन । स्थानीयले उज्यालो खवरलाई दिएको प्रतिकृया अनुसार यही ठाउँमा वर्षौ देखी बस्दै आउनु भएकी बिष्णु शारु, गंगा राई लगायतको जमिन जर्वजस्त हडपेको । धम्की दिएर छोड्न बाध्य बनाइएको रहेछ ।

 

 

अहिले यी लगायत अन्य गाउलेहरुले आफुहरुसग सहमतीमा नआए र चित्त बुझ्दो व्यवहार नगरे उनीहरुको जग्गामा बाटो जाननै नदिने भन्दै अडान लिएर बसेका छन् । अनी बुधबार दमक नगरपालिकामा गएर चर्का स्वरमा रोनाधोना गर्नेहरु शर्मीला राई लगायतको जग्गामा बाटोनै नदेखिएकोले बाटो रहेको सिफारिस गर्न नसकिएको दमक नगरपालिकाका शर्वेक्षक भोजराज दुलालले जानकारी दिनुभयो । सर्वेक्षकको यो भनाईपनि हेरौ ।

 

 

अनि यस्तो जमिनमा जहाँ बाटोनै छैन कसरी सिफारिस दिनु ? दमक नगरपालिका वार्ड २ का वार्ड अध्यक्ष प्रजापति सापकोटा भन्नु हुन्छ ‘हामीले त फिल्डमा जे छ त्यहि कुराको सिफारीस गर्ने हो । प्रमाणीत गरिदिने हो । फिल्डमा नभएको कुरा चिच्याउँदा, गाली गर्दा मिल्छ र ? भन्दै प्रतिप्रश्न गर्नु हुन्छ ।

 

 

 

हुल्दंगा गर्ने । भीड जम्मा पार्ने । ठुला आवाजमा नारा जुलूस लगाउने । अनी गल्तीलाई पनि सहि हो भन्ने भाष्य निर्माण गराउन खोज्नेको जमात अहिले नेपाली समाजमा बढ्न थालेको छ । यसको सिकार कुनै न कुनै दिन आम नागरिक बन्नु नै पर्ने छ । त्यसैले कानुनी राज्यमा कानुनको पालना सबैले गर्नु पर्छ । जजस्को हडपीएको जमिन छ त्यो निसर्त फिर्ता भएर न्यायोचीत समाज निर्माण गर्नु पर्छ । जग्गा हो ।

 

नापचाँजमा कहिलेकाही तलमाथी हुन्छ । जग्गा कहिलै नमिल्ने तर मन मिलाएर बस्ने हो भने यो समस्याको समाधान हुने देखिएको छ । तर सबैले आ आफ्नो लिडे ढिपी चाहि छोडेर सहमती ,सहकार्य र सदभावको विकास चाहि गर्न आवश्यक देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको