हावामा हरितग्यास

पाइपलाइनमार्फत् घर–घरमा ग्यास पुर्‍याउने महत्वाकांक्षी योजना अझै अधुराे

फोहोर व्यवस्थापनमा सरकार र नागरिक बीचको सहकार्यलाई सफल बनाउन सुरु गरिएको यो आयोजनाको भविष्य अझै अनिश्चित बनेको छ ।

झापा,२० भदौ । । झापाको कन्काइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कन्काई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइन मार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवादिन नसकेपछि स्थानीयवासी निराशबनेका छन् ।

 

तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शिलान्यास गर्नु भएको यो योजना निक्कै तामझामका साथ२०७५ सालबाट अगाडि बढेको थियो । यस आयोजना झापाको मात्र नभई प्रदेशस्तरमै आदर्श परियोजना मानिएको थियो । फोहोरलाई व्यवस्थित गर्दै नागरिकलाई स्वच्छ ऊर्जाको पहुँचदिने र आर्थिक गतिविधिलाई समेत टेवा पु¥याउने लक्ष्यसहितयसको सुरुवातगरिएको थियो ।

 

खासगरी कनकाइनगर क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकता र क्रमशःविर्तामोड र अर्जुनधारा क्षेत्रमा पाइपलाइन बिछ्याएर घर घरमै मिथेन ग्यास आपूर्ति गर्ने योजनाले सर्वसाधारणमा ठूलो आशा जगाएको थियो । तर, ६०÷४० लागत सहभागिता अन्तरर्गत करोडौं लगानी र नगरवासीको प्रत्यक्षलागत सहभागितामा अघि बढाइएको यो योजना अहिलेसम्म लक्ष्यमा पुग्न नसकिरहेको अवस्था छ ।

 

योजना प्रारम्भमा फोहोरलाई फोहोर बनाउने भनिएको थियो । तर, अझैसम्म पनि नागरिकलाई पाइपलाइन मार्फत घर घरमै ग्यास पु¥याउन कम्पनीले चासो नदिइएको स्थानीय बताउँछन् । आयोजना सञ्चालनका लागि सर्वसाधारणले आफ्नो क्षमता अनुसार पाँच हजार देखि लाखौं रूपैयाँ सम्म लगानी गरे । तर, अझै सेवा प्राप्त गर्न नसकिएको भन्दै स्थानीयबासीले गुनासो गर्न थालेका छन् । ग्यास पाइपलाइनमार्फत घरमा जोड्ने त भनियो तर अहिले उत्पादनभएको ग्यास ठुलठुला सिलिन्डरमा भरेर होटल होटलमा पुर्याइने गरेको छ । नागरिकलाई घरघरमा पाइपलाइनमार्फत ग्यास उपलब्धहुने त सपना मात्रै बन्ला जस्तो भइसकेको स्थानीयबासीको भनाइ छ ।

 

करिब १ हजार घरधुरीले पाइपलाइन मार्फत ग्यास उपभोग गर्न सक्ने गरि सञ्चालन गरिएको आयोजनामा ४० प्रतिशत लगानी स्थानीयबासीले गरेका छन् । योजना सञ्चालनमा ढिलासुस्ती हुनुका पछाडि प्राविधिक कमजोरी, लगानीको पारदर्शितामा देखिएकाप्रश्न र नेतृत्वतहबीचको समन्वयअभाव रहेको जानकार बताउँछन् ।

 

फोहोर व्यवस्थापनमा सरकार र नागरिक बीचको सहकार्यलाई सफल बनाउन सुरु गरिएको यो आयोजनाको भविष्य अझै अनिश्चितबनेको छ । झापाको फोहोर व्यवस्थापन र वैकल्पिक ऊर्जाको प्रयोग दुवैमा ठूला उपलब्धिदिने अपेक्षागरिएको आयोजना अधुरो रहँदा संस्था र नगरपालिकाहरूको क्षमता माथि नै प्रश्न खडा भएको छ ।

 

यता कम्पनीले भने काम निरन्तर सञ्चालन भइ रहेको बताउँदै जति सक्दो चाडैं लक्ष्य अनुरूप सेवा प्रदान गर्ने कार्यमा जुटी रहेको प्रतिक्रिया दिने गरेको छ । अहिले पनि कम्पनी चालु अवस्थामा रहेको जनाउँदै कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर रूपक कार्कीले उत्पादन क्षमताको करिब ३० प्रतिशत उत्पादन भइ रहेको बताउँछन् । प्राविधिक कारणले केही ढिला भएको जनाउँदै उहाँले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको प्रतिक्रियादिए । उनले कम्पनीले यथाशिघ्र पाइपलाइनबाट ग्यास वितरण गर्नेगरी तयारीमा जुटी रहेको बताउँछन् ।

 

कनकाई–२ स्थित स्थानीय सन्का खोलाको बाधमा कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिकाले २ करोड ५४ लाखको दरले ६० प्रतिशत र बाँकी ४० प्रतिशत नागरिकस्तरबाट लगानी भई १६ करोड बढी लगानी भइ सकेको यस योजनालाई सरोकारवाला निकायले चासो दिनुपर्ने देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन