सिर्जना सम्मान

दमक–६ काे काव्यबाटिका : सर्जकले वाचन गरे सशक्त रचना

पठन संस्कृति विकास गर्न र बसेर पुस्तक पढ्ने अभ्यास गराउन यो काव्य टिका स्थापना गरिएको हो । यहाँ आएर अव जोसुकैले पनि आफूलाई मन लागेको बेला सम्म बसेर उपलब्ध पुस्तकहरु पढेर बस्न सक्छन् ।

दमक, २० भदौ । ओम खनालले रचना वाचन गरेको यो स्थल कुनै साहित्यिक मञ्च हैन । अनि कुनै साहित्यिक महोत्सव पनि हैन । यो त दमक नगरपालका वार्ड नं ६ ले निर्माण गरेको काव्य बाटिका हो । त्यो पनि वार्ड कार्यालय परिसरमै । अव यहाँ साहित्यमा रुची हुनेहरु भेला भएर आउने, रचना वाचन गर्ने र सन्देश प्रवाह गर्ने काम जतिबेलै पनि गर्न सक्छन् ।

दमक ६ ले साहित्य र सिर्जनालाई प्रर्वधन गर्नकालागी यस खालको मञ्च स्थापना गरेको जनाएको छ । पुस्तक सहितको वाचानालाय , काव्य बाटिका सबै थोक सुविधा सहित वार्डले स्थापना गरेको यो संरचना कला, साहित्य र सिर्जना प्रर्वधन गर्न किन आवश्यक छ भन्ने चेत भएकोले मात्रै गर्न सक्ने भन्दै यसको अधिकतम प्रयोग गर्न साहित्यकार खेमनाथ पोखरेलले बताउनु भयो ।

 

पठन संस्कृति विकास गर्न र बसेर पुस्तक पढ्ने अभ्यास गराउन यो काव्य टिका स्थापना गरिएको हो । यहाँ आएर अव जोसुकैले पनि आफूलाई मन लागेको बेला सम्म बसेर उपलब्ध पुस्तकहरु पढेर बस्न सक्छन् । नयाँ अध्ययन र खोज गर्न सक्छन् । यो नयाँ पुस्ताका लागी पनि आकर्षण गराउन सके यसको प्रभाव अझ बढेर जान सक्ने साहित्य कला संगम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकले जानकारी दिनुभयो ।

दमक नगरपालिकाले यस अघी प्रज्ञा प्रतिस्ठान गठन गरेको थियो । तर नगरपालिकामा नयाँ नेतृत्व आएसगै त्यो निष्कृय बन्यो । त्यसलाई व्यूताउने काम हुन सकेन । यदी सो प्रतिष्ठान थियो भने यसखालाका सबै गतिविधि त्यहि प्रतिष्ठान मार्फत हुने थीए भन्दै चिन्ता व्यक्त गर्नु हुन्छ दमक प्रज्ञा प्रतिस्ठानका अध्यक्ष हेम अधिकारी ।

 

समाज अझ सिर्जनशिल बनोस । सकरात्मक बनोस । अध्ययनशिल बनोस । अनी चिन्तन गर्न सक्ने बनोस भन्न दमक नगरपालिका वार्ड नं ६ ले यो खालको काव्य बाटिका खोलेको वार्ड अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।

समाजलाई सकरात्मक र सिर्जनश बनाउन वार्ड स्तरबाट भएको यो पहल सराहनीय रहेको भन्दै कार्यक्रममा सहभागीहरुले वार्ड र वार्डका अध्यक्ष प्रति आभार व्यक्त गरेका थीए । यो काव्य बाटिकाको बिहिबार औपचारीक कार्यक्रम गरि उद्धघाटन गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा