दमक, २० भदौ । झापाको दमकमा रहेको शिखा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्य सख्या घटाउने योजना अघी सारेको छ ।
सस्थाको बिहिबार सम्पन्न १४ औ साधारणसभामा सार्वजनीक प्रतिवेदन अनुसार गत वर्ष २८९५ रहेको शेयर सदस्य घटेर यस वर्ष २७४२ मा झरेका छन्। आगामी वर्षलाई अझ घटाएर २ हजार ५ सय पुर्याउने लक्ष राखेको छ ।
यस वर्षको शेयरपूँजी भने २ करोड ७१ लाख ५६ हजार ८०० रहेको छ भने आगामी वर्ष ३ करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको छ।
ऋण लगानी गत वर्षको २३ करोड ४ लाखबाट बढ्दै यस वर्ष ३० करोड ६९ लाख पुगेको छ। निक्षेप पनि ३० करोड ७५ लाख नाघेको छ।
अध्यक्ष श्रेष्ठ सहकारीले ७० प्रतिशत लगानी विषयगत क्षेत्रमा र ३० प्रतिशत उत्पादन तथा व्यावसायिक क्षेत्रमा पुर्याउने प्रस्ताव प्रस्तुत गर्नुभयो। लेखा संयोजक विवेक मैनालीले बचत तथा ऋणलाई संस्थाको मेरुदण्ड मान्दै नियमअनुसार संचालन भएको बताउनु भयो ।
साधारणसभाले विगतका कमजोरी सुधार्दै आगामी वर्ष सहकारीलाई अझ सुदृढ बनाउने संकल्प गरेको छ ।









