काठमाडौं , २२ भदौ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको बताएको छ ।
मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । उनैले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना हुना साथ हिजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अहिलेसम्म कुनै उजुरी नआएकाले चालक चौधरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले छाड्न लागेको हो । ‘दुर्घटनापछि हिजै नियन्त्रणमा लिएका थियौं । अहिलेसम्म उजुरी आएको छैन । उपचारपछि डिस्चार्ज भएर शनिबार नै बालिका घर फर्किन, मिलापत्र समेत भएकाले सम्भवत आज चालकलाई छाड्छौं’, परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताँउनु भयो।
नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आउनु भएकोका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आँउनु भएको रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिंडेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना समेत भएको थियो ।
प्रदर्शन र आलोचना भएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो । बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भएको थियो । उनको घुढामा सामान्य चोट लागेको बताइएको थियो ।










