कोशीका ४ सय ८७ सहकारी निष्क्रिय

झापामा मात्र १ सय ३१ वटा सहकारी निष्क्रिय भेटिए

प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घ–संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले जनाएको छ ।

भद्रपुर, २२ भदौ । कोशी प्रदेशका ४ सय ८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् ।

प्रदेश सहकारी रजिष्टारको कार्यालयले हालै जारी गरेको सूचीअनुसार सबैभन्दा बढी झापाका सहकारी निष्क्रिय देखिएका छन् । झापामा १ सय ३१ वटा निष्क्रिय सहकारी छन् भने मोरङमा ६७, सुनसरीमा ६२ र इलाममा ४७ वटा सहकारी निष्क्रिय छन् । त्यस्तै उदयपुर र तेह्रथुममा २६–२६, ओखलढुङ्गा र पाँचथरमा २१–२१, खोटाङ, धनकुटा र भोजपुरमा १७–१७, संखुवासभामा १३, सोलुखुम्बुमा १२ र ताप्लेजुङमा १० सहकारी संस्था निष्क्रियको सूचीमा रहेका छन् ।

सहकारी संस्थाहरूको तथ्याङ्कलाई अद्यावधिक गर्न तथा निष्क्रिय सहकारीको दर्ता खारेजी गर्ने प्रयोजनका लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घ–संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले जनाएको छ ।

निष्क्रिय सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पुर्‍याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखापरीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताउनुभयो । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नियमन क्षेत्राधिकारभित्र प्रदेशभरिका एक हजार ७५ सहकारी संस्था पर्छन् ।

प्रदेश सरकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम लगातार दुई वर्षसम्म विवरण नबुझाउने सहकारी संस्थालाई निष्क्रिय सूचीमा राखिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही