दमक, २२ भदौ | लागुऔषध मुद्दामा अदालतले कैद सजाय तोकेको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–२ खरखरेका २४ वर्षीय विजय धिमाललाई शनिबार बिहान पक्राउ गरिएको हो।
उनीमाथि झापा जिल्ला अदालतले गत २०८१ साल जेठ १४ गते ५ वर्ष ९ महिना ४ दिन कैद सजाय र दश हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर फैसला कार्यान्वयन हुनुअघि नै धिमाल फरार भएका थिए।
फरार धिमाललाई पक्राउ गर्न खटिएको प्रहरी टोलीले उनलाई दमक नगरपालिका–५ स्थित क्षेत्रबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको थियो ।
प्रहरीका अनुसार आज जिल्ला अदालतमा पेश गरि धिमाललाई कारागार चलान गरिएको हो।










