नयाँ पुस्ता– नयाँ आन्दोलन

दमकमा २ सय बढी जेनजी युवा प्रदर्शनमा उत्रदै

यो कुनै राजनीतिक दलका विरुद्धमा वा व्यक्ति लक्षित आन्दोलन नभएको

दमक, २३ भदौ ।  दमक चोकमा आज जेनजी युवाले प्रर्दशन गर्ने तयारी गरिरहेका छन् । पछिल्लो समय नेपालमा जेन जि नामको यूवा समूहले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानले धेरैको ध्यान तानेको छ।

 

सामाजीक सञ्जालमा युवाहरुले बनाएका भिडियो, साझा गरेका विचार र सडकमा जनतालाई उतार्ने तयारीले देशको राजनीतिक र सामाजिक माहोललाई नै हल्लाएको छ । यही शिलशिलामा दमकमा पनि आज बिहान ११ बजे देखी जेन जि यूवाहरुले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

सबै तयारी पुरा भएको छ , प्रहरी र प्रशाषनसगको अनुमती पनि प्राप्त भइसकेको छ । २ सय बढि यूवाहरु दमकमा भेला भएर भ्रष्टाचार र सामाजीक सञ्जाल प्रतिवन्धको विरोधमा हामी प्रर्दशन गर्दै छौ । जेनजी दमक टीमका सकृय सदस्य सुभम सिग्देलले बताउनुभयो ।

आफुहरु कुनै हो हल्ला नगर्ने, नारा जुलुस वा  र्‍याली पनि ननिकाल्ने , आफुहरुको आन्दोलनको उद्धेस्य र राखिएका मागहरुका बारेमा ब्यानर बनाउन,  ब्रोसर देखाउने । सडकमा उभीएर बिरोध गर्नेे मात्रै रहेको उहाँले बताउनुभयो ।

 

यो कुनै राजनैतिक दलका विरुद्धमा वा व्यक्ति लक्षीत आन्दोलन नभएकोले यूवा पुस्ता नेपालैमा बस्न पाउनु पर्छ , नेपालको विकास र समृद्धिमा पनि साथ साथै लिएर रहनु पर्छ यो मागको सुनिश्तिताचकालागी पनि हामीले आन्दोलन गर्नु परेको हो । ’ उहाँले रेडियो किङ एफ एम १०४.१ मेघाहर्जको कार्यक्रम सत्य संवादमा बोल्ने क्रममा बताउनु भयो ।

 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारले जुन तथ्य र कारण बारेमा सार्वजनिक गरिरहेको छ त्यो देखी बाहेक अन्य कारणनै रहेकोले सरकारले यसको नियन्त्रण गर्न खोजेको पनि उहाँको तर्क छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ