‘जेनजी’ युवाहरूको सडक प्रदर्शनलाई समर्थन गर्न राजनीतिक दल र नेताहरूको होडबाजी

काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ युवाहरूको सडक प्रदर्शनलाई समर्थन गर्न राजनीतिक दल र तिनका नेताहरूको होडबाजी चलि रहेको छ ।

 

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित भएका ‘जेनजी’ पुस्ताले सोमबार काठमाडौँको माइतीघरमा भेला भएर नयाँ बानेश्वर क्षेत्रसम्म स्वतःस्फूर्त विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दल, ती दलका नेताहरू, कलाकारदेखि विभिन्न सामाजिक व्यक्तित्वहरूले युवाहरूको मन जित्ने प्रयास गरेको देखन सकिन्छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जेनजी’को आक्रोश स्वाभाविक भएको बताँउनु भएको छ । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गरे पनि प्रचण्डले फेसबुकमार्फत नै ‘जेनजी’को आन्दोलनलाई समर्थन गर्नु भएको हो ।

 

केपी ओली नेतृत्वको गठबन्धन सरकार भत्काउन १४ महिनादेखि विभिन्न ‘प्लेटफर्म’ प्रयोग गरे पनि उनी सफल देखिएको छैन । सरकारमाथि चौतर्फी आक्रोश बढ्दै गएको बेला युवा पुस्ताको आन्दोलनमा उहाँले जस लिन खोजेको देखिन्छ ।

प्रचण्डले लेख्नु भएको छ, ‘सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ ।’

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गर्नु जरुरी रहेको भन्दै जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाँउनु भएको छ । ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ,’ उहाँले लेख्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले ‘जेनजी’ पुस्ताको आवेग र विवेकमा देशको इतिहास बदल्ने शक्ति रहेको बताउनु भएको छ् । सहकारी बचत रकम ठगी आरोपमा नख्खु जेलमा रहनु भएको उहाँले निजी सचिवालयमार्फत आन्दोलनको समर्थन गर्नु भएको हो ।

‘धेरैका लागि यो पहिलो प्रदर्शन हुन सक्छ । शासकहरूले तपाईंहरूसँग विधि र विवेकको शासन दिएनन्, सामाजिक सञ्जालको सानो ठाउँ पनि खोसे, तर तपाईंहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ’, उहाँले भन्नु भएको छ ।

रविले मात्र होइन उहाँको पार्टी रास्वपाले पनि जेनजीको स्वतःस्फूर्त प्रदर्शनलाई प्रोत्साहन गरेको छ । आइतबार जारी गरेको विज्ञप्तिमा रास्वपाले भनेको छ, ‘सरकारको शृङ्खलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ । यो परिप्रेक्ष्यमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो ।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहने घोषणा गरिसकनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रर्दशनमा कुनै दलका नेता, कार्यकर्ता, सांसद लगायतलाई स्वार्थ पूरा गर्न बाठो नबन्न सचेत गराउनु भएको थियो ।

‘स्वतःस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपूर समर्थन छ’, उहाँले लेख्नु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सुरु भएको जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘नेपालको भविष्य ऊर्जाशील र दूरदर्शी तपाईं युवाहरूको काँधमा छ । यो अभियानले नेपाली युवाहरूको आवाज, सपना र दृढ संकल्पलाई प्रतिनिधित्व गर्दछ । तपाईंहरूको उत्साह, सिर्जनशीलता र प्रतिबद्धता नै राष्ट्रलाई समृद्धि, समानता र दिगो विकासतर्फ लैजाने असली शक्ति हो । हामी सबै–युवा, नागरिक र नेतृत्व एकै ठाउँमा उभिएर उज्यालो नेपाल बनाउन सक्छौँ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेनजी’ पुस्ताका केही व्यक्तलाई आफ्नै निवासमा बोलाएर स्वागत गर्नु भयो। उनीहरू सँगको कुराकानीबाट आफूले पाँच वर्षदेखि उठाउँदै आएका मुद्दा साझा र दीर्घकालीन रहेको जिकिर गर्नु भएको छ ।

‘छोटो तर सार्थक संवादले अझ प्रस्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्त्वका रहेछन् । हामी सबै एउटै निष्कर्षमा पुग्यौँ— आन्दोलन उमेरको विषय होइन । भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो’, प्रसाईंले लेख्नु भएको छ ।

प्रदर्शनकारीले निषेधित घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेपछि स्थानीय प्रशासनले सोमबार काठमाडौँको नयाँ बानेश्वर आसपासका क्षेत्रमा कफ्र्यु जारी गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले