विर्तामाेड, २३ भदाैं । स्थानीय प्रशासनले आज साँझ साढे ८ वजेदिख भाेलि बिहान साढे पाँच वजेसम्मका लागि विर्तामाेडमा कर्फ्यु लगाएकाे छ ।
सामाजिक सञ्जालमाथि लगाइएकाे प्रतिवन्ध हटाउन र भ्रष्टाचार नियन्त्रणकाे मागसहित जेनजीले गरेकाे प्रदर्शन उत्त्तेजक बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएकाे हाे । विर्तामाेड बजारकाे पूर्वमा वसपार्क पुग्ने गेटदेिख पश्चिममा रामचाेक, उत्तरमा महानन्द चाेकदेखि दक्षिणमा सैनिक माेडसम्म निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनमा उत्रेका युवाले दिनभर विर्तामाेड नगरपालिका घेराउ गर्नुका साथै ढुंगामुडा गर्दा नगरपालिका कार्यालयमा क्षति पुगेकाे छ । प्रदर्शनकारीकाे ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रदर्शनका कारण दिनभर विर्तामाेड नगरपालिका परिसर तनावग्रस्त बनेकाे थियाे ।










