- दमक २४ भदौ | जिल्ला प्रशासन कार्यालय झापाले आजदेखि विशेष क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सम्पूर्ण कुमार अधिकारीको आदेशअनुसार भदौ २४ गते बिहान १०:३० बजेदेखि साझ ७ बजेसम्म दमक र बिर्तामोड नगरपालिकाका केही क्षेत्रमा आमसभा, विरोध प्रदर्शन, बैठक तथा धर्ना जस्ता गतिविधि गर्न नपाइने भएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
यी हुन निषेधित क्षेत्रहरू
दमक नगरपालिका
पूर्वको सिमाना रतुवा पुल
पश्चिम सिमाना दमक बिजनेश टावर
उत्तर सिमाना हिमालय माध्यमिक विद्यालय
दक्षिणको सिमाना इलाका प्रशासन कार्यालयदेखि २०० मि दक्षिणसम्म
बिर्तामोड नगरपालिका
पूर्व: बिर्तामोड बस पार्क छिर्ने मोडसम्म
पश्चिम: रामचोक
उत्तर: महालक्ष्मीचोक
दक्षिण: सैनिक मोड
आदेशको उल्लंघन गर्ने गतिविधि भए कानुनी कारबाही गरिने चेतावनीसहित प्रशासनले नागरिकलाई सहयोग र संयमता अपनाउन झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अनुरोध गर्नुभएको छ ।










