जेनजी समुहको आक्रोस

विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी, कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीद्धारा तोडफोड

विराटनगर,२४ भदौ । विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

 

सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले विराटनगर पाञ्चालीस्थित एमालेको कार्यालयमा आगजानी गरेको छ ।

 

विराटनगरमा जारी भएको कफ्र्यूको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी चोक–चोकका सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारको नेतृत्व गरेको दलको कारण १९ जनाको हत्या भएको भन्दै एमालेको कार्यालयमा आगजानी गरेका छन्् ।

 

प्रदर्शनकारीकारीले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका थिए। कार्यालयका सामान बाहिर ल्याएर उनीहरुले आगजनी गरिरहेका छन् ।

 

विराटनगरका चौतर्फी प्रदर्शनको कारण सुरक्षाकर्मीको नियन्त्रण बाहिर परिस्थिति पुगेको छ । सुरक्षाकर्मीले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु तथा मुख्यमन्त्री र मन्त्रीको निवासको सुरक्षामा केन्द्रित हुँदा बजार क्षेत्रमा नियन्त्रण बाहिर पुगेको छ ।

 

उता सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । इटहरीमा कफ्र्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शनमा ओर्लिएको समूहले इटहरी–६ स्थित मन्त्री भण्डारीकोक घरमा तोडफोड गरेको छे ।

तोडफोडबाट घरको सिसा फुटेका छन् । घटनाको विस्तृत जानकारी आइसकेको छैन । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको भएपनि त्यसको अवज्ञा भएको छ ।

प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडीको गेट तोडफोड गरेपछि आगजनीको प्रयास गरेका थिए । तर, घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही केहि प्रदर्शनकारीले नै आगजानी रोकेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले