जेनजी समुहको आक्रोस

विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी, कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीद्धारा तोडफोड

विराटनगर,२४ भदौ । विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

 

सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले विराटनगर पाञ्चालीस्थित एमालेको कार्यालयमा आगजानी गरेको छ ।

 

विराटनगरमा जारी भएको कफ्र्यूको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी चोक–चोकका सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारको नेतृत्व गरेको दलको कारण १९ जनाको हत्या भएको भन्दै एमालेको कार्यालयमा आगजानी गरेका छन्् ।

 

प्रदर्शनकारीकारीले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका थिए। कार्यालयका सामान बाहिर ल्याएर उनीहरुले आगजनी गरिरहेका छन् ।

 

विराटनगरका चौतर्फी प्रदर्शनको कारण सुरक्षाकर्मीको नियन्त्रण बाहिर परिस्थिति पुगेको छ । सुरक्षाकर्मीले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु तथा मुख्यमन्त्री र मन्त्रीको निवासको सुरक्षामा केन्द्रित हुँदा बजार क्षेत्रमा नियन्त्रण बाहिर पुगेको छ ।

 

उता सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । इटहरीमा कफ्र्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शनमा ओर्लिएको समूहले इटहरी–६ स्थित मन्त्री भण्डारीकोक घरमा तोडफोड गरेको छे ।

तोडफोडबाट घरको सिसा फुटेका छन् । घटनाको विस्तृत जानकारी आइसकेको छैन । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको भएपनि त्यसको अवज्ञा भएको छ ।

प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडीको गेट तोडफोड गरेपछि आगजनीको प्रयास गरेका थिए । तर, घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही केहि प्रदर्शनकारीले नै आगजानी रोकेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका