झापामा अति आवश्यक परिस्थितीका कारण कर्फ्यु आदेश जारी गरिएको छ।
गत भदौ २३ र २४ गतेको Gen Z आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट हुने अवस्था सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारीले आज दिउँसो ३ बजेदेखि भोलि बिहान ६ बजेसम्म जिल्ला प्रशासन क्षेत्रभित्र कडा कर्फ्यु (Hard Curfew) लगाउने निर्णय गरेका छन्।
यस अवधिमा बिना अनुमति कुनै पनि व्यक्ति सडकमा निस्कन, समूहमा जम्मा हुने, विरोध प्रदर्शन गर्ने वा भीडभाड गर्ने अनुमति हुनेछैन। प्रशासनले आवश्यक कामका लागि मात्र प्रहरी वा सुरक्षाकर्मीको अनुमतिपछि आवाजाही गर्न सकिने जनाएको छ।
आदेश उल्लङ्घन गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र आवश्यकता परे गोली चलाउन समेत बाध्य हुनुपर्ने चेतावनी दिइएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहयोग माग गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।









