शैक्षिक गतिविधि समेत प्रभावित

झापाका बिद्यालय सन्चालन अझै अनिश्चित

परिस्थिती सामान्य भएसँगै मात्रै पुनः सुरु हुने

दमक, २५ भदौ | देशभर जारी निषेधाज्ञा र असामान्य अवस्थाका कारण झापाका निजी तथा आवासीय विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।

 

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापा जिल्लाले आज एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म जिल्लाभरका सबै सदस्य विद्यालयमा पठनपाठन सञ्चालन नगर्न अनुरोध गरेको हो।

 

प्याब्सन झापाका कार्यबाहक अध्यक्ष हरीकृष्ण पाठक र सचिव लक्ष्मीराज उप्रेतीद्वारा हस्ताक्षरित सूचनामा शैक्षिक गतिविधि तत्कालै रोकिएको र परिस्थिती सामान्य भएसँगै मात्रै पुनः सुरु हुने उल्लेख गरिएको छ।

 

यसअघि प्रमुख जिल्ला अधिकारीले जारी गरेको कर्फ्यु आदेशसँगै शैक्षिक गतिविधि समेत प्रभावित भएका थिए। विद्यार्थी र अभिभावकलाई यो निर्णयले असुविधा भए पनि शान्ति, सुरक्षा र सुरक्षित शैक्षिक वातावरणलाई प्राथमिकतामा राखेर विद्यालयहरू बन्द गरिएको प्याब्सनले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान