‘आफ्नो ठाउँ, आफ्नै सुरक्षामा’

बिर्तामोडमा नागरिक प्रहरी गठन, अपराधीक गतिविधि नियन्त्रण गर्ने

सार्वजनिक कार्यक्रममा सहभागीहरूले नेपालको नक्सा अंकित "नागरिक प्रहरी" लेखिएको विशेष भेष्ट लगाएर गस्ती गर्ने

बिर्तामोड | २५ भदौ | देशमा उत्पन्न विषम परिस्थितिको कारण सुरक्षाकर्मीको उपस्थिति न्यून हुने अवस्था सिर्जना भएपछि चोरी, डकैतीजस्ता आपराधिक गतिविधि रोकथामका लागि झापाको बिर्तामोडमा नागरिक प्रहरी गठन गरिएको छ।

‘आफ्नो ठाउँ, आफ्नै सुरक्षामा’ भन्ने नारासहित सुरु गरिएको यो अभियानलाई सुरक्षाको वैकल्पिक संरचना भनेर लिइएको छ।

प्रारम्भिक चरणमै करिब १ हजार नागरिक प्रहरी परिचालन गर्ने निर्णय गरिएको यसको नेतृत्व सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाका अनुसार सुरक्षाको खाडललाई तत्कालै टार्न र आपराधिक गतिविधि रोक्न नागरिक प्रहरीले नेपाली सेनासँग पनि समन्वय गर्दै काम गर्नेछ।

घिमिरेसँगै विमोचन पोख्रेल, खगेन्द्र महतो, आयुष बस्नेत, उमेश राजवंशी र तेजराज कोइरालालाई फोकल पर्सन तोकिएको छ। उनीहरूले वर्तमान परिस्थितिको लाभ उठाएर असामाजिक तत्वहरू सक्रिय हुन नदिन नागरिक प्रहरीलाई अस्थायी विकल्पका रूपमा अघि सारेको बताएका छन्।

सार्वजनिक कार्यक्रममा सहभागीहरूले नेपालको नक्सा अंकित “नागरिक प्रहरी” लेखिएको विशेष भेष्ट लगाएर गस्ती गर्ने जानकारी दिएका छन्। उनीहरूले टोल–टोलमा नागरिक प्रहरी गठन गर्न र सबैलाई यसमा सक्रिय सहभागिताका लागि आह्वान समेत गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका