जेनजी आन्दोलनबाट भएको असर

झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएको पुष्टि

क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएकाले व्यवस्थापनमा चुनौती हुँदै

दमक,२६ भदौ । जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरुले झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएको प्रहरीले पुष्टि गरेको छ । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाइ भगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनु भएको छ ।

 

त्यसैगरी विराटनगर महानगरपालिका– ३ मा रहेको बाल सुधार गृहबाट भागेका १५६ ‘बाल बिज्याइँकर्ता’लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुधार गृहमा रहेका कुल २५५ जनामध्ये करिब ५१ जना बाहिर नभागी भित्रै बसेको जनाएको छ । बुधबार बिहान १० बजेतिर बाल बिज्याइँकर्ताहरू सुधार गृहको मुख्य गेटको ताल्चा फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई लछारपछार गर्दै भागेको बताइएको छ ।

 

घटनालगत्तै फरार भएकाहरूको खोजी तथा नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । फरार रहेका अन्यको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ । स्थानीय बासिन्दाहरूले पनि फरार भएका केहीलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका छन् । विराटनगरस्थित यो बाल सुधार गृहको क्षमता ५० जनाको मात्र भए पनि हाल त्यहाँ २ सय ५५ जनालाई राखिएको छ, जसमध्ये एक सय २४ जना १८ वर्ष नाघिसकेकाहरू छन् ।

 

क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएकाले व्यवस्थापनमा चुनौती हुँदै आएको छ। यसअघि पनि यस सुधार गृहमा झडप तथा भाग्ने प्रयासका घटनाहरू भएका थिए। ४८ जना भने अझै फरार रहेको र तिनीहरूको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइनु भयो । सुधार गृहबाट भागेका केही बाल बिज्याइँकर्ताले भने होटलमा गएर अब हामी नै सेना हो भन्दै धम्क्याएर खाने कुरा खाएका थिए । केहीले हातबाट फोन समेत खोसेर भागेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले