काठमाण्डौ,२६ भदौ । जेनजी आन्दोलनपछि यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । मङ्गलवारदेखि नै यातायात क्षेत्र ठप्प बनेको छ । प्रदर्शनका कारण छोटो तथा लामो दूरीका सबैै गाडी बन्द रहेका छन् । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ नजिकिदै गर्दा गाडी नचलेपछि यात्रुहरु बिचल्लीमा परि रहेका छन् ।
विदेशबाट आउने नेपालीसहित शहरबाट गाउँ जाने नागरिक समस्यामा परेका छन् । यसवर्ष असोज १६ गते दशैँको टीका छ । असोज ६ गते घटस्थापना अघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र रहेका छन् । अहिलेसम्म टिकट बुकिङ खुल्ने सुरसार रहेको छैन ।
देश नै शुन्य अवस्थामा पुगेकोले यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यावसायीले बताएका छ । यातायात व्यवसायीले गाडी चलाउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने जनाएको छ । यसका लागि सम्बन्धित निकायले सुरक्षित वातावरण तयार गनुपर्ने गाडी सञ्चालकहरुको भनाइ छ । गाडी नचल्दा यात्रुसँगै यातायात व्यवासायी र मजदुर समस्यामा परि रहेका छन् ।









