काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्यतर्फ अघि बढ्दै

आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा

काठमाण्डौ ,२६ भदौ। काठमाण्डौ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाण्डौ उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको छ ।

 

आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छ भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरि रहेका छन् ।

 

जेनजीका प्रतिनिधिहरू सडकमा सरसफाइ अभियानमा निस्किएको देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरू पनि ससरफाइ, कागजात सङ्कलन, क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएर लागि रहेका छन् । कर्मचारीहरूले कार्यालय सञ्चालनका लागि आवश्यक कामहरू गरिरहेका छन् ।

 

सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि १० बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ भने आज बेलुकी ५ बजे देखि ७ बज सम्मका लागि पनि खुला गरिएको छ । सेनाको सूचना अनुसार अहिले बिहान १० बजेदेखि शुरू भएको निषेधाज्ञा बेलुकी ५ बजेसम्म लागू हुने बताएको छ । यस्तै कफ्र्यु आज बेलुकी ७ बजे देखि भोलि बिहान ६ बजेसम्मका लागि जारी गरिएको जनाएको छ ।

 

काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि हिँडडुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रूपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्णरूपमा निषेध गरिएको जनाएको छ ।

 

काठमाण्डौ उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले