नेपाली सेनाले चलाएको गोली लग्दा २ जना कैदीबन्दीको मृत्यु, १२ जना घाइते

काठमाण्डौ,२६ भदौ । सप्तरीको राजविराजमा रहेको कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीबन्दीलाई नेपाली सेनाले पक्राउ गरेको जनाएको छ ।

 

यस्तै कञ्चनपुरको चाँदनीमा भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बलले समातेर नेपाली सेनालाई बुझाएको जानकारी दिएको छ । १ जना कैदीलाई स्थानीय बासिन्दाले समातेर इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । कञ्चनपुर कारागारबाट भागेकामध्ये १२ जना कैदी आफैँ कारागारमा हाजिर भएको प्रहरीले जनाएको छ ।

 

यस्तै रामेछापमा रहेको कारागारका कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले चलाएको गोली लग्दा २ जना कैदीबन्दीको ज्यान गएको छ भने १२ जना कैदी घाइते भएका छन् ।

 

अहिलेसम्म देशभरको कारागारबाट भागेकामध्ये १ हजार ४ सय ५५ जना कैदीबन्दी पक्राउ परेका छन् । अझै १२ हजार ८ सय ५२ जना कैदीबन्दी फरार रहेका छन् । त्यसैगरी प्रहरी हिरासतमा रहेका ५ सय ७३ थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

 

यस्तै आन्दोलनका क्रममा लुटिएकामध्ये ९४ नाल हतियार बरामद गरेको सेनाले बताएको छ । यसैबीच काभ्रेको बनेपा नगरपालिकामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका