जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति

काठमाण्डौ,२६ भदौ । मंगलबार जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको जानकारी पाइएको छ। भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गर्रे क्षेती पु¥याएका छन्।

 

१२ वटा शाखामा लुटपाटपछि आगो झोसिएको हो भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ। देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति नपुगेको जानकारी दिनु भयो ।

 

क्षति भएका भाटभटेनीका कर्मचारीहरू बिहीबारबाट सरसफाइमा जुटी रहेका छन्।

यसअघि २०८१ चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड र चोरी भएको थियो। त्यो बेला भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो र सबै कर्मचारीको मन दुखेको बताँउनु भयो ।

 

त्यो बेलाको भएको ८० लाख रूपैयाँको क्षति नै ठूलो थियो। तर अहिलेको क्षति अकल्पनीय भएको र व्यवसायीको मनोबलमाथि नै निर्मम प्रहार भएको कर्मचारीहरूले बताएका छन्। कुन शाखामा कस्तो क्षति, कुनै प्रकारको क्षति नभएका शाखा,चोरी डकैतीपछि आगलागीको शाखा, चोरी डकैती तथा तोडफोड भएको शाखा

भाटभटेनीका अनुसार उसले वार्षिक ३१ अर्ब रूपैयाँभन्दा बढीको व्यापार गरेर नाफा कमाइरहेको छ। तर त्यो नाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गरिरहेको थियो ।

 

भाटभटेनी मात्रै होइन यसपालि आन्दोलनमा, धेरै रोजगारी दिने, ठूलो कारोबार गर्ने अधिकांश व्यावसायिक घराना निशानामा परेका छन् भने चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, शंकर ग्रुप, बहुराष्ट्रिय कम्पनी सबैमा तोडफोड गरिनुका साथै धेरैमा आगो झोसिएको समेत छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले