उत्पादन घट्यो

झापामा ३ प्रतिशत धान उत्पादन घट्यो , उत्पादत्वमा भने असर परेन

 

 

 

 

 

 

दमक/

 

गत बर्षको तुलनामा झापामा यस बर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र झापाको तथ्यांक अनुसार जिल्लामा गत बर्षको तुलनामा यस बर्ष ३ प्रतिशतले धान उत्पादनमा गिरावट आएको हो ।

 

यस बर्ष जिल्लाभरी ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेति भएको थियो । तर शुरुवाती कात्तिकमा भएको अविरल बर्षाले जिल्लाभरी कै धानखेतिमा ठुलो प्रभाव पार्‍यो । जसको परिणाम स्वरुप समग्र धान उत्पादनमा नै गिरावट आएको हो ।

 

ज्ञान केन्द्रको तथ्यांक अनुसार यसबर्ष प्रतिहेक्टर ५ दशमलव २० मेट्रिक टनका दरले धान उत्पादन भएको हो । तर अविरल बर्षाका कारण ४६ हजार ६ सय २९ मेट्रिक टन धान भने पुणर् रुपमा नष्ट भयो ।

 

यसरी लगातारको बर्षाका कारण धानबालीमा क्षति पुग्दा समग्र धान उत्पादन घटेको हो । बर्षाका कारण भएको क्षति कटाएर यसबर्ष जिल्लामा ४ लाख ८ हजार ३६१ मेट्रिक टन धान उत्पादन भएको छ ।

 

जुन गत बर्षको तुलनामा ३ प्रतिशतले कम हो । गत बर्ष ४ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रसगँ तथ्यांक छ । गत बर्ष पनि जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमै धान रोपाइँ भएको थियो ।

 

यता ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले धान उत्पादन घटेपनि उत्पादकत्व भने बढेको बताउनुभयो । ‘उत्पादन घटेको देखिएपनि उत्पादकत्व भने बढेको हो, तर बर्षाले बालीमा क्षति गर्दा उत्पादकत्व बढेको अर्थ भएन’ उहाँले भन्नुभयो ‘बर्षाका कारण क्षति नभएको भए यस बर्ष धान उत्पादन बढ्ने थियो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा