आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका सरसामान फिर्ता गर्न प्रहरीको अपिल

काठमाडौँ ,२६ भदौ । नेपाल प्रहरीले आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार तथा अन्य सरसामान फिर्ता गर्न सार्वजनिक अपिल गरि रहेको छ ।

 

प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २३ देखि २५ गतेसम्म भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन लगायत अन्य भौतिक साधन नियन्त्रणमा लिएको वा कतै फेला पारेको भए स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अपिल गरेको छ ।

 

545547812_1418772079188674_8847765432563470676_n

त्यस्ता सामान फेला पारेको भए प्रहरी कन्ट्रोल नम्बर १०० वा टोल फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी, प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन महानिरीक्षकको सचिवालयले समेत अपिल गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका