नेपाल पत्रकार महासङ्घद्धारा शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिको पहल र नयाँ सरकार गठनको लागि आग्रह

काठमाडौँ,२६ भदौ । नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले बिहीबार एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनलाई निन्दनीय भनिएको हो ।

 

आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासङ्घ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासङ्घले चिन्ता प्रकट गरेको बताएको छ ।

 

महासङ्घले तत्काल अहिलेको सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने बतएको छ । ‘मूलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्दछ भन्ने महासङ्घको ठहर छ’, अपिलमा उल्लेख गरिएको छ ।

 

साथै महासङ्घले नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट पहल हुनुपर्ने बताएको छ । ‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ र यसको लागि सहजीकरण गर्न पत्रकार महासङ्घ लगायतका ६ वटा पेसागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौ’, महासङ्घले भनेको छ ।

1

 

2

 

पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकालाई महासङ्घले सराहनीय भनेको छ । ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ ,जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर रहेको बताएको छ । तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ’, अपिलमा उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले